२३ असोज, काठमाडौं । लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै पनि समस्या नआउने नेपाली कांग्रेसका नेता एन.पी. साउदले बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले यस्तो जानकारी दिएका हुन् । नेता साउदले कांग्रेसले राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याएर प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि अघि बढ्ने बताए ।

उनले भने,‘ हामी अहिले सबैलाई समेट्ने कोशिस गर्दैछौं ।’ त्यस्तै उनले सबै सहयात्री दलहरुलाई खुल्ला हृदयले सिट संख्याको भागबण्डामा उदार व्यवहार गर्न आफूहरु तयार रहेको विश्वास दिलाए ।

उनले भने,‘ अहिलेको राजनीतिक धु्रवीकृत बन्दै गएको छ, वाम गबन्धन बनेसँगै कांग्रेसको नेतृत्वमा समेत बृहत्त लोकतान्त्रिक गठबन्धन बन्दैछ, त्यसैले हामीले वाम गठबन्धनलाई अस्वभाविक रुपमा लिएका छौं, तर हामीलाई यसले केही फरक पर्दैन्।’ उनले आन्तरिक उत्प्रेरणाको आधारमा वाम गठबन्धन बनेको भए केही तरँग नआउने विश्वास गरे ।

नेता साउदले एमाले र नेकपा माओवादी केन्द्रवीचको वाम गठबन्धन अस्वभाविक भएपनि आफूहरुलाई कुनै फरक नपर्ने स्पष्ट पारेका छन् ।

साक्षात्कारमा बोल्दै उनले विगतमा पनि यस्तो वामपन्थी गठबन्धनको समाना गर्दै आएको भन्दै अहिलेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीचको एकता प्रयासबाट आफूहरु नआँत्तिएको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.