हुलाकी न्यूज, नुवाकोट । आगामी मंसिरमा हुने निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता एवं रामशरण महतको भतिजा रमेश कुमार महतको उम्मेदवारी खारेजीको माग सहित उजुरी परेको छ ।

रमेश कुमार महत कृषि विकास वैंक सञ्चालक समितिका सदस्य हुन् । सरकारी नियुक्ति लिएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै एमालेका उम्मेदवार ज्ञानवहादुर तामाङले बिदुर स्थीत निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

महतले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कांग्रेस तर्फबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, सरकारी सुविधा लिइरहेका कारण दोहोरो पद लिन नमिल्ने हुँदा महतको उम्मेदवारी खारेजीको उजुरी परेको निर्वाचन अधिकृत गोपाल लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.