कमला नदिमा २४ घण्टा देखि ९ जना कामदार बाढीमा फसेको तर अहिले सम्म हेलिकप्टर आउन सकेन

हुलाकी न्यूज,
मनोज मोरबैता, जनकपुरधाम:- निरन्तरको अविरल वर्षाको कारण हुलाकी रार्जमाग स्थित रहेको कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ।

सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको छ।

करिब २४ घण्टादेखि नै कामदारहरु बाढीमा फसेका उनीहरु हारगुहार लगाएपछि हिजो राति मात्र जानकारी आएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताएको छ।

पूलको काम गरिरहेको अवस्थामै अचानक बाढी आउँदा उनीहरु त्यही ज्यान बचाउनको लागि गुहार गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल थालिएपनि उद्धारमा समस्या भएको जनाएको छ । उद्धार गर्न टोली पठाइएपनि पानीको चाप बढीरहेको कारणले उद्धार गर्न सकेका छैन ।

उद्धार टोलीसहित काठमाडौंबाट हेलिकप्टर उडिसकेको जानकारी प्राप्त भएको छ भने मौसम खराबीका कारण सिरहा आउन समय कति लाग्ने भन्नेबारे भन्न नसकिने प्रजिअ अधिकारीले बताए अनुसार उद्धार टोलीबाट उद्धार हुन नसकेपछि विहानैदखि हेलिकप्टर मगाउँने प्रयासमा छौं, तर मौसम खराबीका कारण आउन सकिरहेको छैन । अहिले त्यहाँबाट उडेको छ, तर मौसम खराब छ, सक्छ–सक्दैन ।

बाढीको जलस्तर झन् बढिरहँदा उद्धारमा कठिनाई भएपछि उनको उद्धारको लागि हेलिकप्टर मगाइने भएको छ । उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा अत्यधिक बाढी रहेका कारण समस्या भएपछि उद्धारका लागि हेलिकप्टर आइरहेको सिडियो अधिकारीले बताएको छ।

यता स्थानीय रामकुमार यादवले भन्छ कि हिजो देखि नै हामीहरु गुहारदै छु ।सम्बन्धित निकाइलाई तर अहिले सम्म डुवानमा परेका ती ९ जनालाई उद्वार गर्न सकेको छैन ।जिल्ला जिल्ला प्रमुख हाथि आयो हाथी उखान टुका जस्तै भनी रहेको छ।कि हेलिकप्टर आउदै छ ।तर अहिलेसम्म सम्म किन आएन समेत आरोप लगाएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.