काठमाडौं, १७ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कतार र यूएईले नेपाल सरकारलाई २९ टन स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कतारले २० टन र यूएईले करिब ९ स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्द अल हेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

कतारले पीपीई सेट, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएस, सीआरआरटी मेसिन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, सेनिटाइजर लगायत १४ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । त्यस्तै, बुधबार नै यूएईले पनि नेपाल सरकारलाई करिब ९ टन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.