कतारः ‘मधेशी पुत्र २’ हेर्न हजारौंको भिड


हुलाकी न्यूज, दोहा :
मधेशको कथा बस्तु समेटिएर बनाइएको फिल्म ‘मधेशी पुत्र २’ कतारमा प्रदर्शन हुँदा हजारौं मधेशीहरु सहभागी भएका छन्।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को आयोजनामा दोहास्थित एशियान टाउन ग्राण्ड मल सिनेमा फिल्म प्रदर्शन भएको थियो।

फिल्म हेर्न कतारको विभिन्न ठाउँबाट हजारौं मधेशीहरु सहभागी भएको आयोजकले जनाएको छ।

फिल्ममा मधेश आन्दोलनका कथाबस्तु समेटिएको छ। मधेशीमाथि राज्यबाट हुँदै गरेको विभेदको समेत चित्रण भएको छ।

यस फिल्मलाई नेपाल चलचित्र विकास बोर्डले प्रदर्शनमा रोक लगाएको थियो। स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको चर्चा पनि फिल्ममा भएकोले बोर्डले रोक लगाएको थियो।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.