काठमाडौं, २५ चैत । सरकारले वैशाखमा हुने भनिएका कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि स्थगित गरेको छ ।

मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएपछि परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले आज सूचना जारी गर्दै २०७७ वैशाख ८ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा र वैशाख २१ गतेबाट हुने भनिएको कक्षा ११ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

बोर्डले दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरूलाई समेत बोर्डको सूचनाअनुसार गर्न निर्देशन दिइएको छ । बोर्डले कोरोना संक्रमण हुन नदिन सावधानी अपनाउँदै हाल घरैमा बसेर स्वअध्ययन गर्न समेत सबै विद्यार्थीहरूमा अनुरोध गरेको छ ।

स्थिति सुधार भएपछि परीक्षा सञ्चालनका लागि अर्काे सूचनाद्वारा जानकारी गराइनेसमेत बोर्डले जनाएको छ । यसअघि कोरोनाको जोखिमकै कारण कक्षा १० को (एसईई) परीक्षा पनि स्थगित गरिएको थियो । लोकसेवा आयोगका परीक्षा पनि स्थगित छन् भने त्रिभुवन विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् ।

सरकारले जारी लकडाउन अवधि वैशाख ३ गतेसम्मका लागि थपेको छ । यसबीचमा अत्यावश्यकीय सेवाबाहेकका अन्य सेवासमेत बन्द गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.