एजेन्सी, ३० चैत । भारतको विहारमा एम्बुलेन्स नपाएपछि तीन वर्षीय बालकको मृत्यु भएको छ ।

गत शुक्रबार एम्बुलेन्स नपाएपछि आमा बुबाले बालकलाई टेम्पोमा राखेर जिहानावादको सरदार अस्पतालमा लगेका थिए । तर यो अस्पतालले पटनाको अर्को अस्पतालमा रिफर गरिदियो । तर, एम्बुलेन्सको कुनै व्यवस्था मिलाइदिएन ।

एम्बुलेन्स नपाएपछि उनीहरू फेरि बालकलाई बोकेरै पटनाको अस्पतालका लागि हिँडे । तर ती बालकको बाटोमै आमाको काखमा मृत्यु भइसकेको थियो ।

बालकका बुबा गिरेज कुमारका अनुसार उनको छोरा दुई दिनअघि देखि बिरामी परेका थिए । ती बालकलाई रूघाखोकी र ज्वोरो आएको थियो ।

उनकी आमाले ती बालकलाई बोकेर रूदै गरेको भिडिओ पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडिओमा आमाले मृत्यु भइसकेका बालकलाई बोकेकी छिन् ।

बालकको मृत्युपछि बाटोमा कसैले सहयोग गर्न खोजेका थिए । तर उनका बुबाले अब एम्बुलेन्स नचाहिने बताएका थिए । घटना बाहिरिएसँगै सरदार अस्पतालका म्यानेजरलाई जिल्ला म्याजिस्ट्रेटले निलम्बन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.