काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा सिलवालले माक्र्सवादी नेता लेनिनको भनाइ उद्धृत गरेका थिए । ूतपाईंले राजनीतिलाई हस्तक्षेप गर्नुभएन भने तपाईंलाई राजनीतिले हस्तक्षेप गर्छ,ू उनले भने । आफूमाथि ठूलो राजनीति भएको गुनासो गर्दै उनले राजनीति नभएको भए आफू सायदै राजनीतिमा आउने बताए । ूमेरो फोरम फेरिएको हो, राष्ट्रप्रतिको समर्पण फेरिएको छैन। राज्य अभिभावक हो, तर ममाथि भेदभाव हो। लाखौं पीडितको प्रतिनिधि हुँ म । किन अदालत गइस् कतिले, अन्याय भएपछि कहाँ जाने उनले भने ।

एमालेले मात्रै समृद्धिको अगुवाइ गर्न सक्ने दाबी गर्दै सिलवालले केपी ओली युग पुरुष भएको टिप्पणी गरे । पार्टीले दिएको जुनसुकै जिम्मेवारी निर्वाह गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.