एनआरएमए साउदीको क्षेत्रीय अध्यक्षको विदाई कार्यक्रम सम्पन्न

साउदी फेब्रुअरी १३, २०१९:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) सऊदी अरबियाको जुबेल क्षेत्रीय कार्य समितिको अध्यक्ष राम सरुप मंडलको बिदाई कार्यकर्म सम्पन भएको छ।

एनआरएमए साउदीका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारीले शुक्रबारको दिन बिदाई कार्यकर्म गरिएको जानकारी गराउनु भएको छ।

कार्यकर्मको अध्यक्षता ओपेद्र अधिकारी यादवले गरेका थिए।

कार्यक्रमको सुरुमा नेपाल प्रहरीको हिरासतमा मारिएका सहिद राम मनोहर यादवसहित ज्ञात अज्ञात मधेशी शहीदहरुप्रति श्रद्धांजली दिइएको थियो।तयस्तै डा सीके राउत सहित अन्य मधेशी नेता हरु लाई गैर न्यायिक तरिकाले जेलमा राखेको हुनाले सहभागी सदस्य हरुले नेपाल सरकारको घोर विरोध गरेका थिए।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएकाे छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.