एनआरएमए सऊदीको आयोजनामा इफ्तार र मधेशी मिलन कार्यक्रम संपन

हुलाकी न्यूज, सऊदी ०५ जून:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए )ले रमदानको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न गरेको छ।

एनआरएमए साउदिले जुवेलमा मधेशी मिलन कार्यक्रमको मंगलबार आयोजना गरेका थिए। कार्यक्रम इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा साउदीमा रहेका करिब एक सय मधेशीहरु कार्यक्रममा सहभागी भएका थिए।

उक्त कार्यक्रममा एनआरएमएका साउदीका अध्यक्ष निर्मल मण्डलको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थिए।त्यसैक्रममा रमदानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे ।मधेशको पहिचान , धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको मण्डलले बताएका थिए।

त्यसैगरी गैर आवासीय मधेशी संघको उपाध्यक्ष उपेन्द्र अधिकारी ,सदस्य रामसरुप मण्डल ,बुधेश्वर महरा र घुरण सदाले पनि शुभकामना मन्त्वय राखेका थुए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

त्यसैगरी गैर आवासीय मधेशी संघ साउदीको सदस्य अशोक साह,राजु शर्मा,बिजय महरा,श्याम साह,चन्द्व दिप ठाकुर,दिपेन्द्व साह,जनारधन र बिरेन्द्व साह समेतको उपस्थिति रहेको थिए।

कार्यक्रममा जनमत पार्टी को बारेमा र एनआरएमएको भावी कार्यदिशा को बारेमा अध्यक्ष मण्डलले नै बिस्तृत रूपमा प्रस्तुत गरेका थिए।अब मधेशको अन्तिम सहारा नै जनमत पार्टी भएको हुनाले यस संस्थाको मार्फत मधेशमा सामुदायिक स्वराजको लागि यस संस्था मा जुडन सबैमा अपिल समेत गरेका थिए। यस कार्यक्रममा सहभागी अन्य मधेशी संघ संस्थाहरू बाट सहभागि भएका व्यक्तिहरूले पनि सदस्यता लिएका थिए।

मधेशीले चाहेको पार्टी जनमत पार्टी स्थापना भएको हुनाले अब कि बार जनमत कि सरकार जस्ता नारा समेत गुन्जेका थिए।यस संस्था लाई मधेशीहरुको सब भन्दा ठूलो छाता संगठन बनाउने संकलपको साथ कार्यक्रम समापन भएका थिए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.