एनआरएमए सऊदीको क्षेत्रीय समिति जिजान (बइस) क्षेत्रमा विस्तार

हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जिजान (बइस) मा पनि समिति विस्तार भएको छ।

एनआरएमए सऊदी अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जिजान (बइस)मा शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।

एनआरएमए सऊदीको जिजान (बइस) क्षेत्रीय समिति को नामाबली सहित।
राधेश्याम साहको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा राम कलश यादव, सचिवमा सुरेन्द्र कामति, सहसचिवमा प्रेम दास, कोषाध्यक्षमा सत्रुधन साफी र सहकोषाध्यक्षमा रिन्कु सदा छन्। त्यस्तै सदस्य हरुमा शिवशंकर यादव, विजय कुमार यादव, नन्देस्वर दास,बिनोद कुमार दास, धिरेन्द्र चौधरी, रामसेबक महतो, बिकु मुखिया, बिरेन्द्र पासमान, सुरेश प्रसाद कुर्मी, किशोर कुमार चौधरी, बिसुन्देब साह, राम पदारथ मण्डल, राम कृपाल राम, जितनारायण महरा, राम चन्द्र साह, विजय राम, मो जुबेर सेख, राम इशवर मुखिया र राम बिर रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.