एनआरएमए सऊदीको क्षेत्रीय समिति जिजान र रियाद क्षेत्रमा विस्तार

हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जिजान र रियादमा पनि समिति विस्तार भएको छ।

एनआरएमए सऊदी अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जिजान र रियादमा शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।

एनआरएमए सऊदीको जिजान क्षेत्रीय समिति को नामाबली सहित। 
सुरेश प्रसाद कुशवाहाको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा राम कैलाश यादव, सचिवमा सुरेन्द्र कामति, सहसचिवमा जगदीश ठाकुर, कोषाध्यक्षमा सत्रुधन साह र सहकोषाध्यक्षमा रामबिर महतो छन्। त्यस्तै सदस्य हरुमा राम सोभित यादव, रामदेव कपैर, सुल्तान मिया, राम इस्वर मुखिया, मरु दास र मोहमद जुबैर रहेका छन।

एनआरएमए सऊदीको रियाद क्षेत्रीय समिति को नामाबली सहित। 
अशोक कुमार साहको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा संजय कुमार मंडल, सचिवमा ओम प्रकाश पासमान र कोषाध्यक्षमा राम बाबु साह छन। त्यस्तै सदस्य हरुमा श्याम ठाकुर बरही, सुजीव यादव, सुनिल यादव, राम प्रकाश महतो, राम शंकर महतो, राम प्रवेश शर्मा, जितेन्द्र महतो, राजाराम महतो, सुरेश दास, रमेश महतो र बिल्टु राइन रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.