एनआरएमए भारतको क्षेत्रीय समिति गुजरात क्षेत्रमा विस्तार


हुलाकी न्यूज, भारत जुलाई १३ : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) भारतको गुजरातमा पनि समिति विस्तार भएको छ।

एनआरएमए भारत गुजरातका रामचंद्र यादवका अनुसार गुजरातमा १० जुलाई बुधबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।

रामचंद्र यादवको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ।उपाध्यक्षमा लाल सादा ,सचिवमा राजेश कुमार महरा, कोषाध्यक्षमा अनिल कुमार यादव, महासचिबमा सुनिल पासमान र मिडिया कोर्डिनेटरमा राजेश कुमार यादव रहेका छन। त्यस्तै सदस्यहरुमा अनिल कुमार यादव, मुकेश कुमार यादव, हीरालाल यादव, लालबाबू साह, महेंद्र कुमार श्रेष्ठ, राजेश दास, दुलार सदा, जय कुमार यादव, ज्ञानी यादव, इंद्रजीत यादव, रमेश महरा, सन्जय कुमार यादव, जितेंद्र कुमार यादव, मनोज कुमार यादव, मनीष यादव र शत्रुघन यादव रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएकाे छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.