एनआरएमए कुवैतको सुबिया र सऊदी अरबियाको जुबेलमा क्षेत्रीय समिति विस्तार

हुलाकी न्यूज संवाददाता 

कतार ६ अक्टोबर २०१८ :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवैतको सुबिया र सऊदी अरबियाको जुबेल स्थित १-१ स्थानमा (एनआरएमए) को क्षेत्रीय समिति विस्तार गरिएको जानकारी कुवैतको अध्यक्ष धनबीर कुमार ठाकुरले र सऊदी अरबियाको को बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवले जानकारी गराउनु भो। कुवैतको सुबिया र सऊदी अरबियाको जुबेलमा ५ अक्टोबर २०१८ शुक्रबारको दिन सम्पन्न क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा १-१ स्थानमा प्रथम क्षेत्रीय समिति को घोषणा गरेको छ।

(एनआरएमए) कुवैतको सुबिया क्षेत्रीय समिति को नामाबली सहित। 

कुवैतको सुबिया क्षेत्रीय समिति :- कुवैतको सुबिया क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष श्याम कुमार यादवको नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ। उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष प्रकाश महरा, सचिवमा राकेश कुमार साह, सह सचिवमा शत्रुधन साह, कोषाध्यक्षमा उमेश मुखिया र सल्लाहकारमा कृष्णदेव यादव चयन भएका हुन। त्यसैगरी सदस्यहरुमा शिबचन्द्र पासवान, बाला लखीन्द्र महरा, नबल पासवान, बिबेक यादव, अनिल चौधरी, दिलीप अधिकारी, सत्रुधन बैठा, शयाम कुमार कामत, बिरेन्द्र कुमार महतो,रंजीत सदा र रबिन्द्र सदा रहेका छन्।

(एनआरएमए) सऊदी अरबियाको जुबेल क्षेत्रीय समिति को नामाबली सहित।

सऊदी अरबियाको जुबेल क्षेत्रीय समिति :-सऊदी अरबियाको जुबेल क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष बुधेशवर महरा को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ। उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा सचिव राजेन्द्र प्रसाद यादव, सह सचिवमा संतोष कापैर, कोषाध्यक्षमा अशोक महतो, सहकोषाध्यक्षमा सत्रुधन साह, राम सरूप मंडल, संजीत साह र राज लाल यादव चयन भएका हुन। त्यसैगरी संयोजक सदस्य हरुमा दिलीफ गोसाई, बिजय महरा, रंजीत साह, शिवशंकर दास, अशोक महतो, लोचन साह र राम उदगार साह रहेका छन्।

उल्लेख्य संख्यामा मधेशीहरुको उपस्थिति रहेको ४० भन्दा बढी देशहरुमा NRMA को बिस्तार भइसकेको छ। NRMA ले संयुक्त राष्ट्रसंघ , यूरोपियन यूनियन ,UNPO जस्ता अंतर्राष्ट्रीय मंचहरुमा तथा अमेरिका, भारत , संयुक्त अधिराज्यमा आयोजित बिभिन्न कार्यक्रमहरुमा मधेशीहरुको प्रतिनिधित्व गर्दै आएको छ।

बिदेशी भूमिमा अप्ठ्यारोमा परेका मधेशीहरुलाई सहयोग पुर्याउने, मधेश आंदोलन ताका सरकारी दमन का कारण शहीद भएकाहरुको परिवार एवं घाइतेहरुलाई राहत सहयोग पुर्याउने, बाढी-आगलागी जस्ता प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्र सम्म राहत पुर्याउने जस्ता सामाजिक कार्यहरुमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ।

अघिल्ला बर्षहरुमा NRMA ले बिभिन देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्ब को अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेसीहरुलाई एकजुट गर्ने काम गर्दै आई रहेको छ।

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.