एनआरएमए, कुवेत द्वारा बकर-ईद को शुभकामना तथा मधेसी मिलन कार्यक्रम

हुलाकी न्यूज, कुवेत:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवेतद्वारा इस्लाम धर्मावलम्बी मधेसीहरुको दोश्रो महान पर्ब बकर-ईद को अवसरमा शुभकामना आदान-प्रदान एवं मधेशी मिलन कार्यक्रमको आयोजना गरेको छ।

एनआरएमए कुवेतको सुबिया क्षेत्रीय इकाई समितिले ११ अगस्त आइतबार का दिन इकाई समिति सचिव जितेन्द्र राउतको नेतृत्वमा शुभकामना तथा मधेशी मिलन कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा झन्डै ४० जना मधेशीको सहभागिता थियो।

त्यसैगरी एनआरएमए कुवेतको मँगाफ क्षेत्रीय इकाई समितिद्वारा पनि १२ अगस्त सोमवारका दिन प्रमुख सल्लाहकार मोहन सदा को उपस्थितिमा फेकन यादव र सुरेश महराको अगुवाईमा कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यकममा झन्डै ५० जना मधेशीको उपस्थिति थियो।

उक्त कार्यक्रममा बक़र-ईदको शुभकामना दिँदै प्रमुख सल्लाहकार मोहन सदाले संगठनको सामूहिक उद्देश्य प्राप्तिका लागि सबैलाई एकजुट भई एकआपसमा सहयोगी बन्न आग्रह गरे। उनले उपस्थित मधेशी माझ नवगठित जनमत पार्टी बारे यसको आवश्यक्ता , सिद्धांत र अवधारणाको बारेमा बिस्तृत चर्चा गरेका थिए। साथै, एनआरएमए कुवेतको क्षेत्रीय संगठन बिस्तारका लागि सबैलाई सहयोग र साथ दिन समेत आग्रह गरेका थिए।

एनआरएमए ले बिदेशमा रहेका मधेसीहरु माझ समय-समयमा चेतनामूलक कार्यक्रम गर्ने, बिपतमा परेका मधेसीको सहयोग गर्ने तथा बिभिन्न चाड-पर्बको अवसरमा सांस्कृतिक एवं मेल-मिलाप कार्यक्रम गरी मधेसीहरुलाई एकजुट गर्ने काम गर्दै आइरहेको छ।

गैर आवासीय मधेसी संघ (एनआरएमए )-अंतररास्ट्रीय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार एनआरएमए ले हालसम्म बिश्व भरिका ४० भन्दा बढ़ी देशहरुमा आफ्नो संगठन बिस्तार गरि सकेको छ।
प्रवासमा मधेसीहरुको सुख-दुखमा साथ दिँदै “परदेश में मधेशियोंका साथी” भन्ने नारा लाइ सार्थक गर्न लागिपरेको उनले बताए।
प्रवासमा मधेसीहरुको संगठित एवं प्रभावशाली संगठन को रुपमा गैर आवासीय मधेसी संघ ले आफ्नो परिचय बनाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.