एनआरएमए कतारको वार्षिक समारोहको दिन ९ स्थानमा क्षेत्रीय समिति विस्तार

हुलाकी न्यूज संवाददाता 

कतार ६ अक्टोबर २०१८ :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको वार्षिक समारोहको दिन कतारको विभिन्न ०९ स्थानमा (एनआरएमए कतार) को क्षेत्रीय समिति विस्तार गरिएको जानकारी कतारको अध्यक्ष शम्भू नाथ साहले जानकारी गराउनु भो। कतारको दोहामा ५ अक्टोबर २०१८ शुक्रबारको दिन सम्पन्न वार्षिक समारोहमा ०९ स्थानमा प्रथम क्षेत्रीय समिति को घोषणा गरेको छ।

(एनआरएमए) कतारको क्षेत्रीय समिति को नामाबली सहित।

दोहा क्षेत्रीय समिति:- दोहा क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष देब नारायण यादव को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ। उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय राज कुमार साह, गोपाल साह, सचिवमा शिव नारायण दास, सह सचिवमा राजेश दास, कोषाध्यक्षमा श्याम सुन्दर साह, मीडिया संयोजकमा राम इश्वर राम र उप मीडिया संयोजकमा राम दिनेश साह चयन भएका हुन। त्यसैगरी सदस्यहरुमा राज किशोर राय, अरुण कुमार यादव, केदार राउत गडेरी, राज कुमार सदाय, देब नाथ राउत, शम्भु साह, सुर्य नारायण यादव, प्रमोद साह, प्रमोद कुमार पाल, कृपाल चौधरी, प्रविन चौधरी, नागेश्वर महतो, राजेन्द्र भगत,जय राम पाल,रहमान (सोनु) र अशोक साह रहेका छन्।

एसियन टाउन (ग्रेण्ड मल) क्षेत्रीय समिति:-  एसियन टाउन (ग्रेण्ड मल) क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष राम सुबन  यादव को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ। उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बुद्धिराम धरिकार, सचिवमा धीरेन्द्र कुमार राम, सह सचिवमा सरोज साह, कोषाध्यक्षमा आनन्द कुमार महरा र मीडिया संयोजकमा बिशम्बर यादव चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा याकुब राइन, बिष्णु दास, इजराइल साफी, सदाम हुसैन, सरोज साह, ओपेन्द्र साह, गोपाल यादव, दिपेन्द्र कुमार यादव, बिनय कुमार यादव, कैलश सिंह, नागेश्वर महतो, राजेश कुमार पासमान, रामजी  मण्डल, राम प्रकाश यादव र जिबछ पासमान रहेका छन् ।

वकरा बलदिया क्षेत्रीय समिति:- वकरा बलदिया क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष राज मोहन यादब को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ। उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बलराम यादब, सचिवमा बिरेन्द्र गोइत, सह सचिवमा जितेन्द्र पासवान, कोषाध्यक्षमा सरोज कुमार साह, सलाहकारमा जिबछ पासवान र महेन्द्र प्रसाद भएका हुन । त्यसैगरी सदस्यहरुमा मन्जय साह, नरेश राय, मरेश यादब, राम अशिश कामती र सन्तोष कुमार यादव रहेका छन् ।

अल अतिया क्षेत्रीय समिति:- अल अतिया क्षेत्रीय कार्य समिति कोसम्मेलनद्वारा अध्यक्ष विजय कुमार दास को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ । उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष संजय कुमार साह, सचिवमा नथुनी मण्डल, सहसचिवमा संजय कुमार यादव र कोषाध्यक्षमा भोगेन्द्र यादव चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा सलेंद्र कुमार रोहीता, किसुन देव चौधरी, देव कुमर साह, राम वृछ यादव, राज कुमार यादव, मनोज कुमार यादव, सरोज कुमार यादव, शिव  शंकर यादव, राम प्रसाद यादव, अरुण यादव, चंद्रशोर यादव, मोहन यादव, दिलिप कुमार यादव, मुकेश  कुमार मण्डल र प्रमोद कुमार मण्डल  रहेका छन् ।

अबु नखला पेट्रोल पम्प क्षेत्रीय समिति:- अबु नखला पेट्रोल पम्प क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष सुनिल राय को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ । उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रमेन्द्र मुखिया, सचिवमा दिपेन्द्र कुमार मण्डल, सह सचिवमा बिबेक राउत, कोषाध्यक्षमा संजीत कुमार दास र मीडिया संयोजकमा संजित कुमार दास चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा अरविन्द कुमार दास, शिवनाथ मण्डल, राकेश पासमान, राजु महरा, साहिद अन्सारी, अम्लेश साह, बब्लु पासमान, सरोज मुखिया, जोगिन्द्र महरा, संजय कुमार मण्डल र हरे राम मण्डल रहेका छन् ।

अबुनखला क्षेत्रीय समिति:- अबुनखला क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष राधेश्याम यादव को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ। उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रामा नन्द मंडल , सचिवमा तेज नारायण मंडल, सहसचिवमा जय कुमार यादव र कोषाध्यक्षमा राम बिलाश भगत, चयन भएका हुन। त्यसैगरी सदस्यहरुमा सत्रुधन यादव, अरुण कुमार सिंह, रमेश कुमार यादव, राम सोगारथ महतो, महेंद्र कुमार साह, सालिक तेली, चंद्र देव मंडल, राम भजन यादव,दिनेश कुमार यादव, भूपेन सरदार, शम्भू मुराव, मोहमद कलमात नदाफ, सोहन कुमार यादव, कृष्णा मोची,अनिल कुमार मंडल, संजीब साह र महमूद अहमद रहेका छन्।

अलखोर क्षेत्रीय समिति:- अलखोर क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष प्रेम किशोर यादव को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ । उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अनुप पाल, सचिवमा धनेशवर यादव, सह सचिवमा बाल गोबिन्द सहनी, कोषाध्यक्षमा बिनोद महतो, सह कोषाध्यक्षमा सुनिल यादव र मीडिया संयोजकमा उमेश मन्डल चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा ललन दास, बिजय भगत, राम किशोर यादव, राम हिर्दय यादव र सम्भु ठाकुर रहेका छन्।

बरवा सिटी क्षेत्रीय समिति:- बरवा सिटी क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष पन्च लाल मंडल को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ । उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष उमेश यादव, सचिवमा शम्भु मंडल, सह सचिवमा नवल मंडल , कोषाध्यक्षमा  भुनेशोवर मेहता र सह कोषाध्यक्षमा प्रेम कुमार यादब चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा मुकेश मंडल राज लाल ठाकुर र सुरज दाश रहेका छन्।

सहेलिया क्षेत्रीय समिति:- सहेलिया क्षेत्रीय कार्य समितिको सम्मेलनद्वारा अध्यक्ष बिदया नन्द यादव को नेतृत्वमा प्रथम कार्यसमिति गठन गरेको छ । उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष किर्ति मुखिया, सचिवमा उमेश कुमार यादव, सलाहकारमा जीतेन्द्र यादव र कोषाध्यक्षमा  श्रवण चौधरी चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा राम शोभित कामैत, सतो शर्मा,ध्रमेन्द्र प्रसाद सिहँ (कुशवाहा), मिथलेश शर्मा र लालु मुखिया रहेका छन्।

उल्लेख्य संख्यामा मधेशीहरुको उपस्थिति रहेको ४० भन्दा बढी देशहरुमा NRMA को बिस्तार भइसकेको छ। NRMA ले संयुक्त राष्ट्रसंघ , यूरोपियन यूनियन ,UNPO जस्ता अंतर्राष्ट्रीय मंचहरुमा तथा अमेरिका, भारत , संयुक्त अधिराज्यमा आयोजित बिभिन्न कार्यक्रमहरुमा मधेशीहरुको प्रतिनिधित्व गर्दै आएको छ।

बिदेशी भूमिमा अप्ठ्यारोमा परेका मधेशीहरुलाई सहयोग पुर्याउने, मधेश आंदोलन ताका सरकारी दमन का कारण शहीद भएकाहरुको परिवार एवं घाइतेहरुलाई राहत सहयोग पुर्याउने, बाढी-आगलागी जस्ता प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्र सम्म राहत पुर्याउने जस्ता सामाजिक कार्यहरुमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ।

अघिल्ला बर्षहरुमा NRMA ले बिभिन देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्ब को अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेसीहरुलाई एकजुट गर्ने काम गर्दै आई रहेको छ।

दिवाकर कुमार झाले दिएको जानकारी अनुसार कार्यक्रम को उदघोषण दिवाकर कुमार झा र बीरेंद्र गोइत ले गरे र कार्यक्रम को सुरुबातमा शांति दिप प्रज्वलन गरी गरियो, तत पश्चात राष्ट्रीय गान गाये र सहीदहरु प्रति श्रद्धांजलि ब्यक्त गरेर १ मिनटको मौन धारण पनि गरियो। बिभिन्न बक्ताहरुले मधेशका बिभिन्न मुदामा आआफ्नो बिचार प्रस्तुत गरे र बिच बीचमा थुप्रै गीतसंगीत पनि प्रस्तुत गरियो। बर्षभरी गरिएको बिभिन्न कार्यक्रम २०१७-२०१८ को प्रतिबेदन महासचिव जीतेन्द्र कुमार महतोले प्रस्तुत गरे र साथै २०१७-२०१८ को बार्षिक आर्थिक प्रतिबेदन कोषाध्यक्ष सरोज प्रसाद साहले प्रस्तुत गरे र आगामी बर्ष भरी को कार्य योजना र कैलेंडर उपाध्यक्ष शिव कुमार पाल ले प्रस्तुत गरे। गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले बर्षभरी गरिएको काम काज प्रति सल्लाहकार सुरेंद्र नारायण यादव ले समिति लाइ सलहा सुझाब दियेका थिये र अन्तयमा अध्यक्ष शम्भुनाथ साहले आफ्नो बिचार राखे र कार्यक्रम समापन गरे।

बार्षिक कार्यक्रममा उपस्थित सदस्य हरुको भनाइ मधेशी हरु को प्रदेशमा सुख र दुःख मा साथ दिने एक मात्र संस्था गैर आवासीय मधेशी संघ (एनआरएमए) रहेको बताये।

तस्बिर सहित

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.