एनआरएमए कतारको दोस्रो महाअधिवेशन सम्पन्न समितिको (नामावली सहित)

एनआरएमए कतारको दोस्रो महाअधिवेशन २०१९

हुलाकी न्यूज, दोहा १५ अगस्त:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको दोस्रो महाअधिवेशन सम्पन्न भएको छ। बिहीबार कतारको दोहामा आयोजित एनआरएमए कतारको दोस्रो अधिवेशनले ई. शम्भुनाथ साहको अध्यक्षतामा ५८ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ।

एनआरएमए कतारका वरिष्ठ उपाध्यक्षमा शिव कुमार पाल, उपाध्यक्षमा राम नन्दन गुप्ता, संजय कुमार शाह, देब नारायण यादव, महासचिवमा जितेन्द्र कुमार महतो, सचिवमा धीरेन्द्र कुमार राम, सह सचिवमा उपेंद्र राउत, पंच नारायण मंडल, कोषध्यक्षमा बिजय कुमार यादव, सहकोषाध्यक्षमा सरोज कुमार शाह, प्रवक्तामा राकेश कुमार शाह, सह-प्रवक्तामा राम जनम शर्मा, राम सुबन यादव र क्षेत्रीय संयोजकमा अमीरी बाबू शाह रहेका छन।

सदस्यहरुमा श्याम सुन्दर शाह, राज मोहन यादव, बिरेन्द्र गोइत, बिध्यानन यादव, सूर्यनारायण यादव, राम शोवित कामैत, उमेश यादव, ओमिन्द्र मोची, जितेन्द्र नारायण यादव, राम लखन यादव , ओम प्रकाश राय, राम सोगारथ यादव, सुरज कुमार शाह, सुरेन्द्र सहनी, संजय कुमार शाह, राम हिर्दय यादव, आनन्द कुमार महरा, बिनय कुमार यादव, इजराइल साफी, सुरेश कुमार यादव, भागेश्वर कुमार शाह, बिशावाम्भर यादव, बिसुन्देव तत्मा, कृष्ण देव पाल, धर्मेन्द्र प्रसाद सिंह, हरि नारायण सदा र कृपाल चौधरी रहेका छन् ।

त्यस्तै, रुबी शाह, ललिता कुमारी यादव, बिना राय, रमा कान्त ठाकुर, रामजी मण्डल, छोटे सदा, असग़र अली, सुरेन्द्र कुमार शाह र संजय कुमार यादव रहेका छन् ।

एनआरएमए कतारका सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा ई. सुरेन्द्र नारायण यादव, सल्लाहकारमा ई. बिरेन्द्र कुमार शाह, चंद्रबिर कुमार यादव, सरोज प्रसाद शाह, बद्री यादव, राम देब राय र जगत लाल मण्डल, रहेका छन। उनीहरुले संगठनको उदेश्य र संगठन बिस्तार गर्ने सम्बधमा आआफ्नो सुझावसहितको शुभकामना मन्तब्य राखेका थिए।

एनआरएमए कतारका अनुशासन समितिमाहरुमा ई सुरेन्द्र नारायण यादव, शम्भु नाथ साह र राम देब राय रहेका छन।

कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत रहेका थिए। डा. राउतले संगठनको उदेश्य र संगठन बिस्तार गर्ने सम्बधमा सुझावसहितको शुभकामना मन्तब्य राखेका थिए।

संगठन विस्तारका सम्बन्धमा हुलाकी न्यूजसँग बिशेष कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत एनआरएमए कतारको दोस्रो अधिवेशन सम्पन्न भएको बताए। उनले कतारमा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन आग्रहसमेत गरे।

कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे।

हालसम्म एनआरएमए ४० वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.