एनआरएमए कतारको क्षेत्रीय समिति अल रय्यान क्षेत्रमा विस्तार

हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको अल रय्यानमा पनि क्षेत्रीय समिति विस्तार भएको छ।

एनआरएमए कतार का उपाध्यक्ष देव नारायण यादवको उपस्थितिमा १ नोवेम्बर शुक्रवारको दिन कतारको अल रय्यान क्षेत्रमा क्षेत्रीय समिति गठन गरिएको छ।

पंकज कुमार सिंहको अध्यक्षतामा १९ सदस्य क्षेत्रीय समिति गठन गरिएको छ। उपाध्यक्षामा अनील कुमार यादव, सचिवमा चन्देश्वर ठाकुर सहसचिवमा निस्त्टु यादव र कोषाध्यक्षमा बिरेन्द्र कुमार मन्डल रहेका छन। तयस्तै सदस्यहरुमा देवेन्द्र साह, मनोज ठाकुर बरही, राकेश कुमार यादव, कुशे सादा, राज कुमार सादा, कादिर मिया कवारी, पुनित कुमार ठाकुर, हरी मन्डल, सुरेन्द्र कुमार यादव, मनोज कुमार साह सोनार , राजु यादव, रामसरन साह, मोहम्मद गुलाब रेजा र मोहम्मद कादिर रेजारहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.