दिल्लीमा मधेशीहरुको बृहत्त धर्ना हुनेः सहभागिताका लागि एनआरएमएद्वारा अपील

हुलाकी न्यूज, नयाँदिल्ली : मधेशका विभिन्न माग राखेर भारतको राजधानी नयाँ दिल्लीमा मधेशीहरुले बृहत्त धर्ना दिने भएका छन्।

विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को नेतृत्वमा दिल्लीस्थित जनतरमनतरमा धर्ना हुन लागेको छ।

एनआरएमए भारतले दिल्लीमा हुने शान्तिपूर्ण धर्नामा सहभागी हुन सम्पूर्ण मधेशीलाई आह्वान गरेको छ।

एनआरएमए अन्तर्राष्ट्रिय समितिका प्रवक्ता ई सुजित कुमार ठाकुरले फेब्रुवरी ३ तारिख आइतबार दिउँसो ११ बजेदेखि २ बजेसम्म शान्तिपूर्ण रुपमा बृहत्त धर्ना हुने जानकारी दिए।

उक्त धर्नामा सहभागी हुन ठाकुरसहित एनआरएमएका अन्तर्राष्ट्रिय कार्यसमिति सदस्य डा.लोकेन्द्र यादव, सन्तोष विश्वास र बद्री माझीले संयुक्त रुपमा आह्वान गरेका छन्। चंडीगढ , पंजाब बाट आउने मधेशीहरु उमेश प्रसाद रजकको नेतृत्वमा बस नै भाडामा लिएर आउँदैछन र इच्क्षुक अन्य मधेशी साथी हरुलाई सम्पर्क गर्न आह्वान गरेका छन।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.