एनआरएमएको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा बसन्त कुशवाहा


हुलाकी न्यूज, न्यूर्योक (अमेरिका) : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को अन्तर्राष्ट्रिय वेब सम्मलेन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट बसन्त कुशवाहाको नेतृत्वमा तेस्रो कार्यसमिति चयन गरिएको छ।

सम्मेलनबाट अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय डा.राजीव कुमार कंठ, इंद्रजीत यादव, महासचिबमा डा.रबीन्द्र कुमार यादव, सहमहासचिबमा रबीन्द्र कांत मंडल र कोषाध्यक्षमा सुरेन्द्र नारायण यादव चयन भएका छन्। प्रबक्तामा सुजित कुमार ठाकुर र मीडिया संयोजकमा शिव कुमार पाल रहेका छन्।

यसैगरी बिभिन्न देशहरुबाट निर्वाचित सदस्यहरुमा अभिषेक झा (अमेरिका), डा. अजय कुमार झा (नेपाल), अजय कुमार ठाकुर (स्पेन), अमिरी बाबु साह (कतार), आशा कुमारी मेहता (कुवैत), बद्री माझी (भारत) र बिनोद कुमार मंडल (सउदी अरेबिया) रहेका छन्।

यसैगरी बिनोद पासवान (युएइ), धनबीर ठाकुर बरही (कुवैत), धीरज कुमार साह (अमेरिका), दिनेश गौतम (सायप्रस), दिवाकर कुमार झा (कतार), जयमंगल प्रसाद जैसवाल (चीन), कपलेश्वर यादव (मलेशिया), डा.लोकेन्द्र यादव (भारत), माधव मिश्रा (स्वीडेन), महेंद्र प्रसाद साह (ओमान), महेश कुमार ईशर (नेपाल) र डा.मनोहर साह (अमेरिका) रहेका छन्।

मंटू पाल (मलेशिया), मोहमद असगर अली (कतार), मोहन सदा (कुवैत), नरेंद्र चौधरी (दक्षिण कोरिया), निर्मल कुमार मंडल (सऊदी अरबिया), डा.प्रमोद ठाकुर (अस्ट्रेलिया), राजन महतो (कुवैत), राम राय (संयुक्त अधिराज्य), संजय कुमार कर्ण (युएइ), संतोष कुमार बिश्वास (भारत), शम्भूनाथ साह (कतार), शम्भू प्रसाद मंडल (मलेशिया), डा.श्याम महतो (सिंगापुर), उपेंद्र अधिकारी यादव (सउदी अरेबिया) रहेका छन्।

अमेरिकाको बोस्टनस्थित दी कामनवेल्थ अफ मेसाचुसेट्समा दर्ता रहेको गैर आवासीय मधेशी संघको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको थियो।

एनआरएमएको उद्देश्य विश्वभरी छरिएर रहेका गैर आवासीय मधेशीहरुलाई संगठित गर्दै मधेशी पहिचानलाई अन्तर्राष्ट्रीय स्तरमा सुदृढ़ गर्ने, विश्वलाई मधेश सम्बन्धी मुद्दासंग अवगत गराउने तथा मधेशको बिकास एवं सम्बृद्धिको दिशामा रचनात्मक योगदान पु¥याउने रहेको छ।

उल्लेख्य संख्यामा मधेशीहरुको उपस्थिति रहेको ४० भन्दा बढी देशहरुमा संगठन बिस्तार भइसकेको छ।

एनआरएमएले संयुक्त राष्ट्र संघ, यूरोपियन यूनियन, यूएनपीओ जस्ता अन्तर्राष्ट्रीय मञ्चहरुमा तथा अमेरिका, भारत, संयुक्त अधिराज्य अमेरिकामा आयोजित बिभिन्न कार्यक्रमहरुमा मधेशीहरुको प्रतिनिधित्व गर्दै आएको छ।

बिदेशी भूमिमा अप्ठ्यारोमा परेका मधेशीहरुलाई सहयोग पु¥याउने, मधेश आन्दोलनताका सरकारी दमनबाट शहीद भएकाहरुको परिवार एवं घाइतेहरुलाई राहत सहयोग उपलब्ध गराउँदै आएको छ। बाढी, आगलागी जस्ता प्राकृतिक प्रकोपहरुमा मधेशका प्रभावित क्षेत्रसम्म राहत पु¥याउने जस्ता सामाजिक कार्यहरुमा एनआरएमएले उल्लेखनीय भूमिका खेल्दै आएको छ।

अघिल्ला बर्षहरुमा एनआरएमएले बिभिन देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड–पर्बको अवसरमा मेलमिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

एनआरएमएमा जोडिन सबैलाई आह्वान गर्दछु : अध्यक्ष कुशवाहा

एनआरएमएका नवनिर्वाचित अध्यक्ष बसन्त कुशवाहाले संगठनमा जोडिन आह्वान गरेका छन्। विभिन्न देशमा रहेका केही मधेशीहरु अहिले पनि कुनै संगठनमा नभएको र भएपनि छुटाछुटै संगठन बनाएर काम गरिरहेकोले सबैलाई एनआरएमएमा जोडिन उनले आग्रह गरे।

विश्वभरीका मधेशीहरु एकतृत भएको खण्डमा ठूलो शक्ति बन्ने र त्यसले मधेशको पहिचान ग्लोबली विस्तार गर्न सहज हुने कुशवाहाको भनाई रहेको छ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष कुशवाहाले भने,‘अहिले हामी ४० भन्दा बढी देशमा छौं। अन्य कयौं देशमा मधेशीहरु रहको छन्। उहाँहरुलाई यस संगठनमा जोडिन आग्रह गर्दछु। आफ्नो गामघर, आफ्नो मातृभुमिका लागि धेरै कर्म गर्न सकिने मञ्च हो एनआरएमए। मधेशको विकास, पहिचान र अधिकारका लागि अभियान चलाउन सक्ने सशक्त माध्यमको रुपमा एनआरएमए स्थापित भइसकेको छ। तसर्थ सबै मधेशीलाई जोडिन आग्रह गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.