उमाशंकर अरगडिया फोरमको प्रमुख सचेतकमा नियुक्त


हुलाकी न्यूज, काठमाडौंः धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उमाशंकर अरगडिया संघीय समाजवादी फोरम नेपालको प्रमुख सचेतकमा नियुक्त भएका छन्।

फोरम अध्यक्ष उपेन्द्र यादवले अरगडियालाई प्रमुख सचेतकमा नियुक्त गरेको हो।

राज्यमन्त्रीको चर्चामा रहेका अरगडियालाई शनिबार नै प्रमुख सचेतकमा नियुक्त गरिएपनि आइतबार मात्रै संघीय संसद सचिवालयलाई जनकारी गराइएको छ।

तर फोरमका अधिकांश सांसदहरुलाई अरगडिया प्रमुख सचेतकमा नियुक्त भएको बारे जानकारी छैन।

यसअघि पनि अरगडिया सचेतकको भूमिकामा रहँदै आएका थिए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.