उपेन्द्र यादव
संसदीय र सरकारको माध्यमबाट संविधान संशोधन गर्दैै अगाडि बढ्ने र त्यो अवरुद्ध भएको खण्डमा फेरी हाम्रो रुप रंग त पुरानै हो। बानी छुटिसकेको छैन। हामी फेरी सडकमा जान बेर लगाउँदैनौं
विगतका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश जनविद्रोह, आदिवासी जनजाति आन्दोलनका उपलब्धीहरु संघीयता, गणन्त्रत, लोकतन्त्र, धर्मर्निपेक्षता लगायतलाई संस्थागत गर्न हामी सरकारमा गएका हौं।
अझै धेरै परिवर्तनहरु गर्न बाँकी छ। विभेद, असमानता र अधिकार विहिनताको स्थिति अझै धेरै हदसम्म बाँकी नै छ। पहिचानलाई मान्यता दिलाउन र स्थापित गर्न बाँकी नै छ। सम्पूर्ण रुपले हामी सबै क्षेत्रमा समानुपातिक सहभागिता र साझेदारीको स्थितिलगायतका कार्यहरु गर्न बाँकी नै छ। ती अधिकार प्राप्त गर्न र प्राप्त अधिकारलाई सुरक्षित र संस्थागत गर्न बाँकी नै छ।
प्राप्त अधिकारलाई संस्थागत गर्न सकेनौं भने जे प्राप्त गरिसकेका छौं त्यसैका लागि फेरी पुस्तौपुस्ता संघर्ष गर्नु पर्ने हुन्छ। त्यसैले हाम्रो पहिलो धारणा भनेको या रणनीतिक भनेको प्राप्त अधिकारलाई सुरक्षित र संस्थागत गर्ने र बाँकी अधिकारका लागि संघर्ष र प्रयास गर्ने हो।
दोस्रो कुरा, यो मुलुक आर्थिक रुपले अन्त्य रुपले विपन्न र पिछडिएको छ। यसलाई आर्थिक परिवर्तनद्वारा विकास र निर्माणका कार्य पनि अघिसँगसँगै लग्नु पर्छ। अन्त्यत गरीब विपन्न मुलुक मध्ये नेपाल हो। जहाँ गरिबी बेरोजगारी र अभावग्रस्तमा बाँच्नु पर्ने बाध्यता झण्डै दुई तिहाई जनतामा रहेको छ। ती समस्यालाई हल गर्दै अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाइनेछ। यो एउटा महत्वपूर्ण कर्या हो।
यी कार्यहरुलाई प्राप्त गर्नका लागि राज्यको भूमिकामा जानु पर्ने र संसदीय संघर्षलाई अगाडि बढाउनु पर्ने यी दुबै प्रयासहरुको सँगै आवश्यकता पर्दछ। आवश्यकता पर्दाखेरी सडक संघर्ष त सबभन्दा महत्वपूर्ण छ।
फोरम नेपाल सरकारमा सहभागी हुनुको कारण प्राप्त अधिकारलाई संरक्षण गर्ने र संविधान संशोधन गराएर धेरै नियम कानुन र विधि स्थापित गराएर जानका लागि हो।
अहिले मुलुक एकात्मकबाट संघात्मकतिर लागेको त छ तर अगाडि बढी सकेको छैन। एकात्मक प्रणालीलाई संघीय प्रणालिमा पूर्णरुपले रुपान्तरित गर्न हामी सरकारमा पुगे पछि दुई तिहाई बहुमत पुगेको छ। र, अव संविधान संशोधन गर्दै अगाडि बढ्ने र बाँकी अधिकार प्राप्त गर्दै भएकालाई सुरक्षित गर्ने छौं।
यस कार्यका लागि खास गरी संविधान संशोधन गर्ने सर्तमा लिखित सम्झौताका आधारमा हाम्रो पार्टी सरकारमा सामेल भएको छ। हामी सामेल नहुँदा दुई तिहाई पुग्दैन। सरकारलाई गर भनेर मात्रै पुग्दैन। र, हामी सामेल हुँदा दुई तिहाई पुग्छ। र, फेरी हामीले सरकारमा रहेको कम्युनिष्ट पार्टीलाई बाइपास गरेर जाँदा पनि संविधान संशोधन हुँदैन। अत्याधिक बहुमत त्यतातिर छ। यी दुबैलाई मिलाउँदा खेरी अहिले मतलाई जोड्दा, प्राप्त संख्यालाई जोड्दा दुई तिहाई पुग्ने हुनाले यो रणनीतिक बाटोबाट हामी अगाडि बढ्ने प्रयासमा लागेका छौं।
हाम्रो खास मकसद सरकारमा जाने स्पष्ट छ। त्यो लक्ष्य प्राप्तिका लागि हामी अगाडि बढेका छौं। र, हाम्रो पार्टीले सरकारमा जाने निर्णय गरेको हो।
हामी सरकारमा सामेल भएको भरखरै हो। अव अहिले सरकारको नीतिहरु हाम्रो सहभागिता पछि निकै प्रभावित भएको छ। हामै कारणले राष्ट्रिय योजना आयोगले आफ्नो नीतिहरु परिवर्तन गर्नु परेको छ।
सरकारमा हाम्रो उपस्थितिले सरकार र राज्यको नीति निर्माणमा पहिलाको भन्दा फरक आउँदैछ। त्यो पनि एउटा त्यहाँको संघर्षको फल हो। र, अव एकैदिनमा एकै महिनामा सबै कुरा भइहाल्छ भन्ने आशा नगरौं। तर त्यो गन्त्व्यको दिशा तिर तानेर भनौ या ठेलेर भनौ या घिसारेर भनौं अगाडि लैजानु पर्नेछ।
र, त्यसतर्फ लैजाने प्रयास निरन्तर जारी नै रहनेछ। यी सबै कुराहरु शक्तिमा निर्भर गर्छ। अव हामीले पार्टीको शक्ति निर्माणमा सबभन्दा बढी बल दिनु पर्नेछ। अहिले पार्टी निर्माण गर्नका लागि अत्यन्त उपयुक्त अवसर पाएका छौं।
धेरै तर्फबाट हाम्रो पार्टीमा आउने प्रयासहरु भइरहेको छ। धेरै साथीहरु कुनै जवानामा मसँग काम गरेका खास गरी पुष्पलाल जीसँग काम गरेका पुराना साथीहरुलगायतका अरु पार्टीका साथीहरुले अव विकल्प भनेकै संघीय समाजवादी पार्टी फोरम हो भनेर भन्दैछन्। काग्रेस कम्युनिष्ट हाम्रो विकल्प होइन भन्ने धारणामा उनीहरु पुग्न थालेका छन्।
कांग्रेसमा पनि एउटा चिन्तन आएको छ अव कांग्रेसले विकल्प दिन सक्दैन विकल्प के त? भन्दा खेरी सानै विकल्पका रुपमा संघीय समाजवादी फोरम नै हुन्छ भन्ने कुरा स्थापित हुँदै गाएको छ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालमा अव तीनवटा शक्तिहरु रहेको ठान्निछ कांग्रेस र कम्युनिष्ट र समाजवादी शक्ति । हाम्रो पार्टी समाजवादी शक्ति हो। जातीय, लैंगिक, वर्गीय, विभेद र असमानतालाई अन्त्य गरेर समाजवादी लोकतन्त्रको दिसामा अगाडि बढ्ने पार्टी भनेकै हाम्रै पार्टी हो। त्यसले गर्दाखेरी कांग्रेस र कम्युनिष्टको बैकल्पिक शक्ति र मुलुकलाई गती दिने शक्ति संघीय समाजवादी फोरम हो।
अन्तर्राष्ट्रिय समुदायले पनि फोरम नै किन सरकारलाई चाहियो भन्दा खेरी सरकारले आफै जतिले बनेका थिए दुईटा पार्टी मिलेर त्यसले आफै गती दिन सक्ने भए हाम्रो आवश्यक नै पर्ने थिएन।
हाम्रो पनि बल लाग्यो भने मात्र त्यसले गती लिन्छ र सही दिशा लिन्छ भनेरै नै अत्याधिक बहुमत हुँदा हुँदैपनि हाम्रो आवश्यकता महसुस भएको छ। झण्डै दुई तिहाईको नजिकमा रहेको कम्युनिष्ट पार्टीलाई संघीय समाजवादी पार्टी नभइकन हुन्न भन्ने महसुस भएको छ। त्यो महुसुस हुनु नै हाम्रो सफलता हो।
संसदीय र सरकारको माध्यमबाट संविधान संशोधन गर्दैै अगाडि बढ्ने र त्यो अवरुद्ध भएको खण्डमा फेरी हाम्रो रुप रंग त पुरानै हो। बानी छुटिसकेको छैन। हामी फेरी सडकमा जान बेर लगाउँदैनौं र सडक तताउन सक्छौं। यो एउटा परिवर्तन हो मलाई लाग्छ आर्को परिर्वतनका लागि पनि तयार रहनु पर्छ।
(यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुन्।)