काठमाडौं, २० चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको संयोजकसमेत रहेका रक्षामन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्यसचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी गु्रपका सञ्चालकहरुविरूद्ध उजुरी दिएको जनाएका छन् ।

कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उजुरी दिएको त्रिपाठीले बताए ।

प्रमाण मेटाउन सक्ने सम्भावना रहेकोले तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन उजुरीमा माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.