काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन् ।

कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयास र आगामी योजनाबारे उपप्रधानमन्त्री पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमा रहेको वार रूमबाट दुई बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग एकैपटक कुराकानी गर्न लागेको उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जनाएका छन् । पोखरेलले कोरोना रोकथाम र नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठक समेत बोलाएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.