उद्योग मन्त्री मातृकाले लिए मैथलीमा शपथ, नयाँ योजनाहरु ल्याउँदै


हुलाकी न्यूज, काठमाडौं ।
नेकपा माओवादी (केन्द्र)का नेता मातृका प्रसाद यादव उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीको शपथ लिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीबाट यादव मन्त्री भएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा यादवले मैथली भाषामा शपथ लिएका छन् ।

सोमबार पदभार ग्रहण गरेलगतै हुलाकी न्यूजसँग कुराकानी गर्दै मन्त्री यादवले आफु मातहतको मन्त्रालयको सुधार गर्ने दाबी गरे । उनले आफुले केही नयाँ योजनाहरु कार्यान्वयनमा ल्याउने तयारी गरेको पनि सुनाए ।

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित यादव यसअघि वन तथा भूसंरक्षण मन्त्री भएका थिए ।

सिरहाको दलित बस्तीका विषयमा तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग विवाद हुँदा उनले मन्त्री पदबाट राजिनामा दिदै पार्टीसमेत त्याग गरेका थिए ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.