ई.कुशवाहाको नेतृत्वमा ‘जपा’को विदेश विभाग विस्तार

हुलाकी न्यूज काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टी ‘जपा’ले केन्द्रीय सदस्य ईन्जिनियर बसन्त कुशवाहाको नेतृत्वमा विदेश विभाग विस्तार गरेको छ।

मंसिरको अन्तिम साता पर्सामा बसेको जपाको केन्द्रीय समिति बैठकले गैर आवासीय मधेशी संघ (एनआरएमए)का अन्तर्राष्ट्रिय समिति अध्यक्षसमेत रहेका ई.कुशवाहाको नेतृत्वमा १९ सदस्य विदेश विभाग गठन गरेको हो।

ई.कुशवाहा एनआरएमएका माध्यमले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा मधेश र मधेशीको प्रतिनिधित्व गरेका छन् भने मधेशको सांस्कृतिक पहिचनासहित विकासका लागि विभिन्न योजनामा काम गर्दै आएका छन्।

यसैगरी, उपप्रमुखमा ईन्जिनियर सुरेन्द्रनारायण यादव चयन भएका छन्।

सदस्यहरुमा अभिषेक झा (अमेरिका), विनोद पासवान (यूएई), धनविर ठाकुर बरई(कवैत), धीरज साह (अमेरिका), इन्द्रजीत यादव (अमेरिका) र कपलेश्वर यादव (मलेसिया) रहेका छन्।

यसैगरी, डा.लोकेन्द्र यादव (भारत), निर्मल मण्डल (साउदी अरेविया), डा.प्रमोद ठाकर (अस्ट्रेलिया), रविन्द्रकान्त मण्डल (रुस), राम राय (यूके), संजय कर्ण (यूएई), शम्भुनाथ साह (कतार), शिवकुमार पाल (कतार), डा.श्याम महतो (सिंगापुर), सुजित ठाकुर (भारत) र उपेन्द्र अधिकारी (साउदी अरेविया) सदस्य रहेका छन्।

विदेश विभाग विस्तारपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै ई.कुशवाहाले भने,‘मलाई जिम्मेवारी दिएकोमा पार्टीका सम्पूर्ण नेता तथा साथीहरुप्रति कृतज्ञ छु। अहिलेसम्म एनआरएमको मार्फत विश्वभरी मधेश र मधेशीका लागि काम गर्दै आएका छु। अब पार्टीको मध्यमले काम गर्न सहज हुनेछ।’

कुशवाहाले विश्वभरी छरिएर रहेका मधेशीहरुको सहयोगका लागि आफूहरुको संगठन सदैब तयार रहने दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.