इ रिक्सा व्यवस्थित बनाउन टेम्पो संघको माग

13

e-rickshaw
हुलाकी न्यूज, वीरगञ्ज, २४ फागुन । वीरगञ्ज टेम्पो संघले पर्साका इ रिक्साहरु व्यवस्थित हुनुपर्ने माग राख्दै पर्सा जिल्लाका ४ वटा कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार संघका अध्यक्ष मुमताज मन्सुरीको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, वीरगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रकाश अमात्य, नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका अधिकृत छवि रमण भट्टराई र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक खेम आचार्यलाई ज्ञापन पत्र बुझाएका हुन् ।

वीरगञ्ज टेम्पो संघले नगरमा नियम विपरित सञ्चालनमा रहेका ई—रिक्साहरु बिना रुट र बिना दर्ता एकलौटी ढङ्गले सञ्चालन गरेकोमा यातायात क्षेत्रसँग सम्बन्धित कार्यालयहरुलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष मुमताज मन्सुरीले बताए ।

मन्सुरीका अनुसार ई—रिक्साहरुलाई रोक लगाई व्यवस्थित ढङ्गले सञ्चालन गराउनका लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्नुको साथै नगरका नागरिक एवं आगन्तुकहरुलाई सहज सुविधाका लागि गम्भिर हुँदै यस्तो कदम चालिएको हो ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here