इतिहास मै पहिलो पटक पर्दामा तीन मुस्लिम कलाकार एक साथ ‘रोमीयो’


अर्कना खातुन, काठमाडौँ ।
इतिहास मै पहिलो पटक नेपालको पर्दामा तीन मुस्लिम कलाकार हसनराजा खान, ओसिमा बानु र संगितकार कुर्वान अली खान एक साथ चलचित्र ‘रोमीयो’मा देखिने र सुनिने भएका छन् ।

एचआरके प्रोडक्शनद्वारा तयार पारिएको नेपाली चलचित्र ‘रोमीयो’ शुक्रबारबाट नेपाल अधिराज्य भरि प्रदर्शन भएको छ । चलचित्रका निर्माता तथा कलाकार हसनराजा खान तथा शंकर कार्कीको निर्देशनमा तयार भएको यस चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बानु र मेलिना मानन्धरको मुख्य भूमिका रहेको छ ।

‘रोमीयो’ एक प्रेम कथामा आधारित चलचित्र हो । प्रेममा पर्दा आउने अवरोध, मित्रता र विछोडको कथालाई समेटेर पर्दामा उतारिएको छ । यस प्रेम कथामा नायिका नीशा अधिकारी ‘कल गल’को भूमिकामा देखा पर्ने छिन् ।

खान भन्छन्, चलचित्र हेरेपछि सेन्सरबाट पनि उत्कृष्ट प्रतिक्रिया आएपछि आफ्नो खुशीको सिमा नै नरहेको सुनाउछन् । उनी भन्छन्, हाम्रो २ बर्षको मिहिनेत पछी आज नेपाल अधिराज्य भरी रिलिज भएको रोमीयो अब दर्शकहरुको हाथमा छ । सबैले हाम्रो मिहिनेतलाई मन पराइदिनु हुन्छ भनि मलाई पूर्ण विश्वास र आशा छ ।

यस चलचित्रको ’ल्याङ ल्याङ’ भन्ने गीतले बजारमा निकै राम्रो ठाउँ लिन सफल भएको छ । त्यसैगरि अर्को गीतमा शब्द, संगीत र स्वर कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको तिम्रो यादमा पनि चर्चा मै रहेको छ । ‘रोमीयो’ चलचित्रको कार्यकारी निर्माता मिलन सापकोटा हुन भने सम्पादक सुरेन्द्र पौडेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.