हुलाकी न्यूज, राजविराज । नेपालको संविधान मधेश विरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा गरिएको तेस्रो मधेश आन्दोलनमा ५४ जनाभन्दा बढी मधेशीको हत्या भएपनि संविधानका त्रुटीहरु सच्याइएन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संविधान पुर्नलेखन नगरिए सडकबाटै संविधान जारी गर्ने बताउँदै आन्दोलनमा मधेशीहरुको साहादत दिलाएका थिए ।

तत्कालिन मधेशी मोर्चाका अर्का घटकहरुले संविधान सभा बहिस्कार गरे भने कतिपयले मधेशको भावना अनुरुप संविधान संशोधन नभए मधेश टुक्रिन सक्ने चेतावनीसमेत दिएका थिए ।

तर सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि संविधान संशोधन र मधेश आन्दोलनलाई थाती राख्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल निर्वाचनमा सहभागी भएको छ ।

मोर्चाका अन्य घटकहरु मिलेर निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपाल अहिले निर्वाचनको विरुद्ध सडक आन्दोलनमा छ । दुबै पक्षबीच अवस्था तनावग्रस्त रहेको छ ।

यसैबीचमा स्वतन्त्र मधेश गठबन्धनले ‘राईट टु रिजेक्ट’लाई प्रयोग गर्दै शान्तिपूर्ण तबरबाट स्थानीय निकायको निर्वाचनको सक्रिय बहिस्कार गर्दैछ । मतपत्रको कोठा बाहिर मतदान गरी बहिस्कार गर्ने अधिकारको प्रयोग गर्न गठबन्धनका संयोजक डा.सीके राउतले अभियान चलाएका छन् । मधेशका गामघरमा पनि उनको अभियान चलेको छ । र, उक्त अभियानका लागि बनाइएको गीत मधेशका काम घरमा चर्चित बनेको छ ।

रोचक कुरा के होभने राजपाको आन्दोलनमा पनि यो गीत सुन्न पाइएको छ ।

2 COMMENTS

  1. Ai geet k jaldi se jaldi Utube pe rakhu or tatabe nai sampurn madheshi vai se or madhesh k midea sa agrah ai ki jatek v ghtna rajya prati se damankari hoi aa or sath me apan savak karyakarm bala video banau or oike vayanak nam da ka Utube pa upload turunt karu taki desh bidesh k log v aasani sachhai dekhat or humar savak aawaj buland hayat. Jay madhesh…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.