हुलाकी न्यूज,
भक्तपुर । सरकारले मधेश–थरुहटसहित आन्दोलनका घाइतेहरूलाई सिप सिकाउने कार्यक्रमहरू ल्याउन सीटीईभीटीलाई निर्देशन दिएको छ ।

सोमबार भक्तपुरमा भएको सीटिईभीटीको ३२ औं वार्षिकोत्सवमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले देशमा भएका विभिन्न आन्दोलनहरू जस्तै सशस्त्र द्वन्द, थरुहट आन्दोलन, मधेश आन्दोलनसहितमा घाइते भएकाहरूलाई तालिम दिएर उनीहरूको जीवन निर्वाहमा सहयोग गर्न सीटीईभीटीलाई निर्देशन दिएका हुन् ।

उनले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा पनि जोड दिएका छन् । मन्त्री पोखरेलले सीटीईभीटीले उच्चस्तरीय जनशक्ति उत्पादन गर्न नसकेको पनि टिप्पणी गरेका छन् । सधैं सीएमए र अनमी मात्र उत्पादन गरेर नहुने मन्त्री पोखरेलको भनाइ छ ।

उनले सीटीईभीटीले गुणस्तर नएर आधारभूत जनशक्ति उत्पादनमा मात्र जोड दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री पोखरेलले सीटीईभीटीले ६० प्रतिशत आधारभूत, २९ प्रतिशत मध्यम र सात प्रतिशत मात्र उच्च जनशक्ति उत्पादन गरेको तथ्यांक पनि प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.