काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बजेटका लागि संसदको बजेट अधिवेशन आगामी २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रीपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आब्हान गर्ने कानूनी व्यवस्था छ । यसअघि प्रतिपक्षी नेपाली कांग्रेसले अधिवेशन छिटो बोलाउन माग गरेको थियो ।

बैठक बोलाउने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच पनि छलफल भएको स्रोतले जनाएको छ । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अधिवेशन सुरु गर्न लागिएको हो ।

प्रतिनिधिसभा नियमावली २०७४ अनुसार प्रतिनिधिसभा नियमावलीअनुसार बजेट प्रस्तुत गरिने १५ दिनअघि पूर्वबजेट छलफल पूरा हुनुपर्छ । यो महिनाको मसान्तसम्म पूर्वबजेट छलफल पूरा भइसक्नुपर्नेछ ।

बजेटअघि नै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । कम्तीमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुतका लागि पनि संयुक्त बैठक बस्न सक्ने तयारी गरिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.