आगामि चुनावमा मधेसबाट एमालेलाई कुचोलगाएर कसिंगर जस्तैगरि बढारिनेः अध्यक्ष यादव

हुलाकी न्यूज, वीरगन्ज । संघीय समाजबादी फोरम नेपाल केन्द्रीय समितीले बीरंगज नगरपालीकाका पूर्व मेयर एवं राप्रपाका केन्द्रीय सदस्य प्रदीप सुबेद्धी, बीरंगज महानगरपालीका पुर्ब बरिष्ठ अधिकृत शम्भु प्रसाद गुप्ता र चाँदनी भट्टराई फोरम नेपालमा प्रबेश गरेका छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजना गरेको पार्टी एकिकरण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशीहरूलाई टिका तथा खादा ओढ़ाई पार्टी प्रबेश गरेका छन् ।

सो कार्यक्रममा बोल्दै यादवले मधेस आन्दोलनमा एमालेका नेताहरुले दिएको अभिव्यक्ति र मधेसी युवाहरुको छातिमा ताकिताकि प्रहार गरिएको गोलीको जवाफ बाइलटबाट दिएको बताउँदै आगामि चुनावमा मधेसबाट एमालेलाई कुचोलगाएर कसिंगर जस्तैगरि बढारिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै वीरगन्ज उपमहानगपालीकाका पुर्व मेयर प्रदिप सुबेदीले मधेसको हकअधिकारको लडाइ अगाडि बढने बताए । यता कार्यक्रममा बोल्दै शम्भु गुप्ताले राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहदा जनताकै सेवा गरे नीति निर्माणको तहमा रहेकाहरुले वीरगन्जको सम्बृद्धि र विकासका लागि सहि नीति अहिले सम्म नबनाएका कारण अब उक्त तहमा आफनो आवश्यकता महशुस गर्दै सरकारी जागीरबाट राजीनामा दिदै आफु राजनीतिमा उत्रिएको बताए ।
देशमा विभिन्न राजनीतिक दलहरु भएपनि मधेस र मधेसीको हकहित र अधिकारका लागि मधेसी दलले नै संघर्ष र वकालत गर्दै आएकाले आफुले पनि मधेसी दललाइ नै रोजेको हु ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here