जनकपुरधाम, २५ चैत । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेको अवस्थामा भागेकी एक महिलालाई प्रहरीले रातारात पक्राउ गरेको छ ।

धनुषाको सपहीमा भागिरहेको अवस्थामा सिरहाको नरहा गाउँपालिका–३ बस्ने ५५ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरी पुनः आइसोलेसनमा राखेको हो ।

भारतको बिहार राज्यको झँझारपुरबाट एक सातापूर्व गाउँ फर्किएकी ती महिलालाई रुघाखोकी र ज्वरो आएपछि छोराले घरमा बस्न नदिएको बताइन्छ । छोराले घरबाट निकालिदिएपछि छोरीको घर गएकी उनलाई छोरीले पनि घरमा बस्न नदिएको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अन्सुल अन्सारीले जानकारी दिए ।

अन्सारीकै पहलमा दुई दिन अघि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.