आँखाको पलक झँप्कदा मिलिक्कै गायब हुने ६ दृश्य

butterfly
अमरेन्द्र कुमार यादव, धनुषा १४ भदौ । प्रकृतिको अद्भुत रहस्य खोतल्न वा यसको परख गर्न पहाडै चढ्नु पर्दैन, नदि वा समुद्रको गोता लाउनु पर्दैन, अन्तरिक्षको सयर गरिरहनु पर्दैन ।

सुन्दरी जस्तो देखिएर घाँसको सिङगो मसिनो पात माथि बसेको पुतली, माकुरी जालमा शीतले बुनेको मोतिमाला जस्ता झिनामसिना कुरा नियालौं । यिनैमा अद्भुत सुन्दरता उद्घाटित भएका हुन्छन् ।

spider

जीवनको रफ्तारमा सधैं कलाको खोजीमा भौतारिँदा यी मामुली कुरा आँखाबाट ओझेल पर्छन् । तर, दुनियाँमा मामुली त्यस्तो कुनै चीजै छैन । नपत्याए क्यामरामा कैद गरिएको तस्वीर हेर्नुस् ।

honey-1

फोटोग्राफी प्रविधि र कलाको त्यो फ्युजन हो जसमार्फत प्रकृतिको मामुली कुराका सुन्दरता उजागर हुन्छन् । निमेषभरका लागि धटित कुनै दृश्य अनन्तकालका लागि कैद हुन्छन् । आँखाको पलक झप्कँदा मिलिक्कै गायब दृश्य फुर्सदले हेरे हुन्छ ।

honey

मान्छेले यो ब्रहमाण्डको न विशालताको बोध गर्न सक्छ न यसको सूक्षमताको अनुमान लगाउन सक्छ । उसले आफ्नो इन्द्रिय सामथ्र्यको सापेक्षमा संसार बुझछ , यसको सुन्दरताको परख गर्छ ।

h

यो सामथ्र्यको सीमा छ । फोटोग्राफीले यो सीमा केही हदसम्म भए पनि फराकिलो पार्छ । आमजिन्दगी र दिनचर्यामा ओझेल यस्ता दृश्यले दुनियाँको बुझाईको दायरा फराकिलो पार्छ, दृष्टिकोण नविन बनाउँछ र सौन्दर्यता तिखार्छ ।

butterfly-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.