अमेरिकी सहयोगमा जनकपुरमा प्रसुती गृहः आयुर्वेदिक अस्पतालको तयारी


हुलाकी न्यूज, जनकपुरधाम:
अमेरिकी सरकारको सहयोगमा जनकपुरधामस्थित जनकपुर अञ्चलन अस्पतालमा प्रसुती गृह निर्माण हुने भएको छ।

उक्त प्रसुती गृहको नेपाल सरकार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शुक्रबार शिलान्यास गरेका छन्।

८ करोडको लगानीमा निर्माण हुन लागेको एक सय सैयाको प्रसुति गृहमा उच्च स्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु रामपरिक्षण यादवले जानकारी दिएका छन्।

भवनसहित अन्य उपकरण र सुविधाको लागि अमेरिका सरकारले एक अर्व रुपैया अनुदान उपलब्ध गराएको छ।

जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नती गर्नुका साथै विभिन्न विशेषज्ञ सेवा संचालनको प्रयास भइरहेको बताउँदै मन्त्री यादवले आयुर्वेद अस्पतालसमेत जनकपुरमै निर्माण गर्न लागिएको जानकारी दिए।

शिलान्यास कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साहलगायतको उपस्थिति थियो।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.