काठमाडौं, ४ वैशाख । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको निन्दा गरेका छन् ।

कोरोना भाइरसको महामारीविरुद्ध मिलेर लड्नुपर्ने बेलामा सहयोग रोक्ने निर्णय गर्नु अति दुःखदायी रहेको उनले बताएका हुन् । ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने बताएसँगै विश्वव्यापी रूपमा तीव्र आलोचना भएको छ ।

विश्वभर २० लाख ६४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने एक लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

लगातार डब्ल्यूएचओको आलोचना गर्दै आएका ट्रम्पले मंगलबार सहयोग रोक्न निर्देशन दिएको बताएका थिए ।

उनले डब्ल्यूएचओ कोरोना भाइरसको महामारी रोक्नका लागि असफल भएको र चीनको पक्षपोषण गरेको अभियोग लगाउँदै सहायता रोक्ने उल्लेख गरेका हुन् । ट्रम्पको घोषणापछि डब्लुएचओका प्रमुख डा. टेडरोजले अमेरिका लामो समयदेखि डब्लुएचओको उदार सहयोगी रहँदै आएको र सो सहयोगी जारी रहने अपेक्षा रहेको बताए ।

तर अमेरिकाले सहयोग रोकेमा डब्लुएचओको काममा पर्ने प्रभावको मूल्यांकन पनि गरिरहेको र त्यसलाई परिपूर्ति गर्न अरु दाताको खोजी पनि गर्ने उनले उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.