एजेन्सी । अमेरिकामाथि मास्क चोरी गरेको आरोप लागेको छ ।

जर्मनी लैजान ठिक्क पारिएका दुई लाखवटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लागेको हो । बीबीसीका अनुसार अमेरिकामा बनाइएका ती मास्क जर्मनीको राजधानी बर्लिनस्थित एक स्थानीय सरकारले मगाएको थियो ।

बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क थाइल्याण्डको बैंककमा जफत गरिएको थियो । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको बताएका छन् ।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए ।

शुक्रवार ट्रम्पले डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराएका थिए ।

ट्रम्पले झन्डै दुई लाख एन ९५ मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताएका छन् । तर ती कहाँ, कसरी जफत गरियो भनेर खुलाएका छैनन् ।

जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ भएको बताएका छन् । उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न सुझाव पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.