एजेन्सी, २३ चैत । विश्वको शक्तिशाली देश अमेरिकालाई समेत कोरोना भाइरसको प्रकोपले हायलकायल बनाएको छ ।

शनिबार मात्र अमेरिकामा १ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या ३ लाखभन्दा बढी भइसकेको छ । अमेरिकामा कोरोना संक्रमित बिरामीहरूको संख्या निरन्तर बृद्धि भइरहेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग खोजेका छन् ।

उनले कोरोना भाइरसको उपचारमा मद्दत गर्ने हाइड्रोक्साइक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराउन अनुरोध गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘भारतले यो औषधि ठूलो मात्रामा बनाउँछ ।

भारतको जनसंख्या १ अर्बभन्दा बढी छ । मैले पीएम मोदीलाई भनें कि यदि उसले हाम्रो आदेश पठायो भने म कृतज्ञ हुनेछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.