काठमाडौं, २३ चैत । कोरोना भाइरसको केन्द्र बनेको अमेरिकालाई चीनले स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अमेरिकामा भयावह स्थिति लिएपछि चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर पठाएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकाको सबैभन्दा अधिक कोराना प्रभावित राज्य न्यूयोर्कका लागि चीनले भेन्टिलेटर पठाएको हो । चीनको यो सहयोग प्रति न्यूयोर्क राज्यका गभर्नरले आभार व्यक्त गरेका छन् । यद्यपि चीने पठाएको भेन्टिलेटर अमेरिका पुगिनसकेको बताइएको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक भएपछि न्यूयोर्क राज्यमा भेन्टिलेटरको अभाव सिर्जना भइरहेको छ । उता अमेरिकाको केन्द्र सरकारले पनि न्यूयोर्क राज्यमा आवश्यक पर्ने सबै स्रोत साधन उपलब्ध गराइने जनाएको छ ।

अमेरिकामा हालसम्म सबैभन्दा धेरै ३ लाख ११ हजार ६३५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा ८ हजार ४५४ जनाको ज्यान गइसकेको छ । न्यूयोर्क राज्यमा १ लाख १३ हजार भन्दा बढीमा कोरोना संक्रमण फेला परेका छन् । जसमा ६ सय ३० को ज्यान गइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.