एजेन्सी, २४ चैत । अमेरिकाको ब्रोनक्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चार वर्षको मलायान पोथी बाघमा कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको हो । बाघको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको चिडियाखानले जनाएको छ । बाघको परीक्षण त्यहाँको राष्ट्रिय भेटेरिनरी सेवा प्रयोगशालामा गरिएको थियो ।

नाडिया नाम गरेको बाघ, उसकी बहिनी अजुल र त्यहाँ रहेका अन्य दुई अमुर बाघ र तीन अफ्रिकी सिंहमा पनि कोरोनाको लक्षण सुख्खा खोकी देखिएको थियो ।

तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ । त्यहाँका विराला प्रजातिका प्राणीमा कोरोनाको संक्रमण देखिएको चिडियाखानाका अधिकारीहरूले जनाएका हुन् ।

चिडियाखानाले बाघमा कसरी संक्रमण देखियो भन्ने खुल्न नसकेको जनाएको छ । यहाँका अन्य जनावरहरूलाई पनि निगरानीमा राखिएको छ । अमेरिकामा हालसम्म कुनै पनि मानिसमा जनवारबाट कोरोना सरेको देखिएको छैन ।

चिडियाखानाका एक कर्मचारीले बाघलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.