काठमाडौं, १८ वैशाख । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । बल्र्डोमिटरले दिएको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६१ हजार ६ सय ६९ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमितको संख्या पनि १० लाख ६४ हजार ५ सय ७२ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा एक लाख ४७ हजार ४ सय ११ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.