अपराध नियन्त्रण गर्न मधेश र बिहारका अधिकारी सहमत

junge-pillar
हुलाकी न्यूज, जनकपुर, ५ चैत । नेपाल – भारत बीचको सिमावर्ति क्षेत्रमा हुने आपराधिक गतिविधीलाई नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

बिहिवार भारतको जयनगरमा दुई देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सिमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, सिमावर्ति क्षेत्रमा संयु गस्ती गर्ने र अगामी चार अप्रिलमा भारतको मधुवनी जिल्लामा हुने ग्राम पंचायतको निर्वाचनलाई मध्य नजर राख्दै दुइपक्षबीच सिमा सिल गर्ने सहमति भएको छ ।

त्यस्तै, बैठकबाट सिमास्तम्भलाई मर्मत सम्भार गर्ने, दशगजा क्षेत्रमा भएको अतिक्रमण आ–आफ्नो देशका अधिकारीहरुले हटाउने लगायतका निर्णय गरिएको धनुषाका सशस्त्र प्रहरी उपरिक्षक उत्तम राज थनेतले जानकारी दिए ।

नेपालको तर्फबाट भारतको बिहार राज्यको मधुबनी जिल्लासँग जोडिएको मधेशको धनुषा, महोत्तरी, सिरहा र सप्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागिता थियो ।

भारतबाट मधुबनी जिल्लाका डिस्ट्रीक मजिस्टे«ट, तथा भारतका सुरक्षा अधिकारीहरु बैठकमा सहभागि रहेको जनाइएको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.