आइतबार लस भेगासमा भएको अन्धधुन्ध फायरिङमा थुप्रै मानिसहरुको ज्यान गयो । साथै थुप्रै मानिस घाइते भए । संसारभरीबाट उक्त हमलाको विरोध गरियो । तर यसैबिच सोसल साइटमा एक जोडीको फोटो सेयर भइरहेको छ, जो उक्त हमलाका बेला सडकमा थिए ।

लस भेगसको सडकमा हमलाको तस्बिर खिचिरहेका फोटोग्राफर डेविड बेकरले भाइरल भइरहेको उक्त फोटो क्यामरामा कैद गरेका थिए । उनका अनुसार हमलाको तस्बिर खिचिरहेका बेला अचानक उनको नजर सडकमा भएका जोडीमाथि अडियो । उक्त जोडी सडकमा निकै आत्तिएको अवस्थामा थिए । माथिबाट अन्धधुन्ध फायरिङ भइरहेको थियो । तर हमलाको समयमा पनि दुबै एक अर्काको हात थामिरहेका थिए र मौका मिल्ने बित्तिकै तुरुन्त त्यहाँबाट उठेर भागे । दुबै को थिए, त्यसबारे कसैलाई पनि थाहा छैन । तर सोसल साइटमा उनीहरुको तस्बिर तीब्र रुपमा भाइरल भइरहेको छ । लस भेगास हमलाको उक्त फोटोलाई शक्तिशाली तस्बिरमा लिइँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.