अनियमितता रोक्न खोज्दा गाउँपालिका अध्यक्षद्वारा इन्जिनियरमाथि दुर्व्यवहार

तस्वीकारमा अनियमिततासँग जोडिएका प्रमाण र इन्जिनियर मण्डल।

हुलाकी न्यूज, सुनसरी (इनरुवा) : गाउँपालिका अध्यक्षले नै गरिरहेको अनियमितता रोक्न खोज्दा इन्जिनियरमाथि दुर्व्यवहार भएको छ।

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वार्ड नम्बर ३ अन्तर्गतको सडकमा नियम विपरीत भइरहेको कार्यलाई रोक्ने प्रयास उक्त कार्यालयमा कार्यरत इन्जिनियर श्याम सुन्दर मण्डलले गरेका थिए।

इन्जिनियर मण्ललले प्रक्रिया मिलाई मात्र काम अगाडि बढाउन भनेपछि गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले इन्जिनियर मण्डलमाथि दुर्व्यवहार गरेका छन्।

महेन्द्र राजमार्गदेखि उतर अध्यक्ष यादवको घर हुँदै बराहा नगरपालिका जोड्ने सडकमा कालोपत्रे गर्न बोलपत्रका सबै प्रक्रिया पु¥याई निर्माणको जिम्मा आर.के. निर्माण सेवा इनरुवा सुनसरीलाई दिइएको थियो । उक्त निर्माण कार्यको लगत ईस्टिमेट सोही कार्यालयमा कार्यरत करारका इन्जिनियर पप्पु यादवले गरेका थिए। चेक जाँच बिना नै स्वीकृत अध्यक्ष यादवले गरेका थिए।

काम गर्ने जिम्मा पाएका ठेकेदार आर.के. निर्माणसँग समझौता भए पश्चात् बहानाहरू झिक्दै सम्झौतामा उल्लेख नरहेको आइटम ग्राभेल(सब–बेस) को कार्य नगरी अन्य कार्य अगाडि बढाउन खोजिएको थियो। सार्वजनिक खरिद ऐन र नियम अनुसारको आवश्यक कुनै पनि प्रक्रियाहरू पुरा नगरी रातारात स्वयं अध्यक्ष यादवले बाटोमा ग्राभेल झारेका थिए। र, रकम भुक्तानीका लागि कागजात तयारी गर्न योजना शाखालाई दबाब दिएका थिए।

आर.के. निर्माण सेवाले सडक कालोपत्र गर्ने कार्य लगभग ५४ प्रतिशत घटीमा लिएको छ। सम्झौतामा उल्लेख भएको बाहेक अध्यक्ष यादवको ठाडो आदेशमा भएको उक्त ग्राभेल कार्यको आधिकारिक रूपमा भुक्तानी मागका लागि हालसम्म आवेदन पेस गर्न सकेको छैन।

नियम विपरीत र आवश्यक प्रक्रिया पुरा नगरी काम गरेको कारण रकम भुक्तानीका लागि आधिकारिक आवेदन कसले गर्ने स्पष्ट हुन सकेको छैन। सब–वेशको उक्त कार्यलाई जसरी पनि मिलाउने र भुक्तानी गर्न अध्यक्षबाट दबाब बढ्न थालेपछि गाउँपालिका बैठक अथवा गाउँसभाबाटै आवश्यक निर्णय लिन साइट इन्चार्जको फिल्ड प्रतिवेदन, आर्थिक प्रशासन शाखा र योजना शाखाको राय तथा प्रमुख प्रशासकीय अधिकृतको अन्तिम रायसहितको कागजी प्रक्रिया अगाडि बढाइएको छ।

सो कागजी प्रक्रियाबाट आक्रोशित भएका अध्यक्ष यादवको दबाब सहन गर्न नसकेपछि ३ महिनाभित्रै ३ जना प्रमुख प्रशासकीय अधिकृतले सरुवा लिन बाध्य भएका छन्। हाल गाउँपालिका कार्यालय प्रमुख विहीन रहेको छ।

अध्यक्षको मनोमानी रोक्ने प्रयास गरेका योजना प्रमुखको रूपमा कार्यरत निजामती स्थाई इन्जिनियर मण्डलको सरुवा नभएपछि अध्यक्ष यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दबाब दिएका छन्। इन्जिनियर मण्डलको सरुवा गराई कार्यालयमा कार्यरत करारका इन्जिनियरलाई योजना प्रमुख बनाई आफ्नो अनुकूलको अवस्था निर्माण अध्यक्ष यादवले गरेका छन्।

इन्जिनियर मण्डल कार्यालयमा आउने बित्तिकै जर्बजस्ती पत्र बुझाउन, जसरी भए पनि रवाना तैयार पारी बुझाउन र मण्डलले चढेको सरकारी मोटरसाइकल जफत गर्न अध्यक्ष यादवले कार्यालयका जिन्सी प्रमुख नासु शिवराज दाहाललाई आदेश दिएका थिए। सोही क्रममा इन्जिनियर मण्डलमाथि दुर्व्यवहार भएको उनले जनाएका छन्।

उक्त कार्यालयका कर्मचारीहरू पनि भयभीत रहेको बताउँदै इन्जिनियर मण्डलले आफूमाथि भौतिक आक्रमण हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.